दफा २९
समितिको काम, कर्तव्य तथा अधिकार
समितिको काम, कर्तव्य तथा अधिकार देहाय बमोजिम हुनेछः– (क) मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गर्ने । (ख) बैंक नोट तथा सिक्काको दर, चित्र, आकार, धातु, नोट छपाई गर्ने बस्तु वा अन्य पदार्थ सम्बन्धमा आवश्यक निर्णय गर्ने र सो को निष्काशनका सम्बन्धमा आवश्यक नीतिको तर्जुमा गर्ने । (ग) वाणिज्य बैंक तथा वित्तीय संस्थाको निरीक्षण तथा सुपरीवेक्षण गराउने व्यवस्था र बैड्ढिङ्ग तथा वित्तीय व्यवस्थाका सम्बन्धमा आवश्यक नीति निर्माण गर्ने । (घ) बैंकको नियम तथा विनियम स्वीकृत गर्ने र बैंकको सञ्चालन र व्यवस्थापनमा लागू हुने नीति निर्माण गर्ने । (ङ) बैंकका कर्मचारीहरुको नियुक्ति, बढुवा, सरुवा, बर्खास्ती, पारिश्रमिक, निवृत्तभरण, उपदान, संचयकोष, विदा, आचरण तथा सेवा सम्बन्धी अन्य शर्तहरु बारे नीति निर्धारण गर्ने । (च) बैंकको लागी बार्षिक कार्यक्रम र बजेट तथा वार्षिक लेखापरीक्षणको हिसाब स्वीकृत गर्ने र सो को प्रतिवेदन जानकारीको लागी नेपाल सरकारमा पेश गर्ने । (छ) बैंकको काम कारबाही बारेको बार्षिक प्रतिबेदन स्वीकृत गर्ने । (ज) वाणिज्य बैंक तथा वित्तीय संस्थालाई इजाजतपत्र दिने र रद्द गर्ने सम्बन्धमा नीति निर्माण गर्ने । (झ) बैंकले नेपाल सरकारलाई प्रदान गर्ने कर्जाको सीमा स्वीकृत गर्ने । (ञ) बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थालाई दिने कर्जा तथा पुनर्कर्जाको रकम, सीमा तथा शर्तको निर्धारण गर्ने । (ट)अन्तर्राष्ट्रिय संघ, संस्थामा बैंकको सदस्यता सम्बन्धमा निर्णय गर्ने । (ठ) बैंकको वित्तीय श्रोत परिचालन र लगानी नीति निर्माण गर्ने । (ड) यस ऐनमा संशोधन गर्नु पर्ने आवश्यकता देखिएमा सो को कारण खुलाई नेपाल सरकार समक्ष प्रस्ताव पेश गर्ने । (ढ) यस ऐन अन्तर्गत गभर्नरको अधिकार क्षेत्र भित्र पर्ने बाहेकका अरु सबै विषयमा निर्णय गर्ने । (ण) समितिमा रहेका अधिकारहरु अवधि तोकी वा नतोकी गभर्नर वा समितिद्वारा गठित उपसमितिलाई प्रत्यायोजन गर्ने ।